Saturday, January 30, 2010

जलवायु परिवर्तन: सामान्य परिचय

(SOLIDARITY FOR SUSTAINABILITY)
दिगो विकास प्रयास, नेपाल

जलवायु परिवर्तन के हो ?
कार्बनडाइअक्साइड (CO2), नाइट्रस अक्साइड(N2O),मिथेन(CH4), ह्यालो कार्बन(HC) आदिलाई हरितगृह ग्यासका रुपमा लिइन्छर वायुमण्डलमा हरितगृह ग्यासको पत्र (LAYER) जति बाक्लो भयो त्यति नै पृथ्वीबाट पर्यावर्तित ताप वायुमण्डलबाट बाहिर निस्कन सक्दैन, फलस्वरुप त्यो पर्यावर्तित ताप पृथ्विमा फर्केर आउनाले पृथ्विको तापक्रम बढ्दै जान्छ। जुन तापक्रम बृध्दीका कारण मौसममा विभिन्न किसिमका परिवर्तन आउनु नै जलवायु परिवर्तन हो।विश्वको विगत १ सय वर्षको (१९०६-२००५)तापक्रम हेर्दा पृथ्वीको औसत तापक्रम ०.७४ डिग्रि सेल्सियसले बृध्दि भएको बैग्यानिक तथ्यहरुले प्रमाणित गरेकाछन्।
कारणहरु
बढदो औद्योगिकरण,अत्यधिक ईन्धनको प्रयोग, सवारी तापक्रम वृ,ध्दि, कृषि क्षेत्रको आधुनिकिकरण, विलासिताका वस्तुहरूको बढ्दो लोकपृयता, वन फडानी, जमिन प्रयोग गर्ने तरिकामा परिवर्तन इत्यादि कारणले गर्दा हरितगृह ग्यासको उत्सर्जनमा वृध्दि भयो जसको कारणले गर्दा पृथ्विको तापक्रम वृध्दिमा तीव्रता आएकोछ।
प्रभाव
तापक्रम वृध्दि हुनु, पानी पर्ने दर,प्रकृया र समयमा परिवर्तन हुनु, पानी पर्ने समय अनुमान गर्न नसक्नु, कहिले अति वृष्टी भई बाढी पहिरोको समस्या हुनु, कहिले लामो समय सम्म सुख्खा हुनु, हिमताल फुटेर बाढि पहिरो आउनु, मानिसको स्वास्थ्यमा प्रतिकूल असर पर्ने केहि नराम्रा प्रभाव हुन भने कहि चिसो स्थानमा तापक्रम बृध्दि भई नया बाली लगाउन सकिने यसका केहि सकारात्मक प्रभाव हुन्।
न्युनिकरण
• हरितगृह ग्यासको कम उत्सर्जन गरेर
• तापक्रम वृध्दिका नकारात्मक प्रभाव घटाउने र सकारात्मक प्रभाव उपयोग गर्ने जसलाई अनुकूलन(ADAPTATION) भनिन्छ।
• जलवायु परिवर्तन बारे अरुलाई बताउने
• हरितगृह ग्यासहरुको उत्सर्जनलाई कम गर्न नविकरणिय उर्जा( सौर्य, जलविद्युत, वायु तथा गोवरग्यास) को प्रयोग गर्ने
• राष्ट्रका सम्बन्धित निकाय, राजनैतिक दलहरू तथा जनसमुदायलाई जलवायु परिवर्तनको विरुध्दमा कार्य गर्न सुझाव, दवाव दिने।

No comments:

Post a Comment